Gold
Bangad salyan

गोरखा पालुङ्टार २९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जना पोजेटिभ

जेठ १७ गोरखा – गोरखाको पालुङ्टार नगरपालिका वडानं. ५ स्थित २९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जना पोजेटिभ देखिएको छ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा प्रबक्ता कमरेड नारायणकाजी श्रेष्ठको निजी सचिवालय अन्तरगत रही CVS को टिमले आज गरेको एन्टिजेन परिक्षणमा तीन जनामा पोजेटिभ देखिएको बताएको हो।

पोजेटिभ देखिएका व्यक्तिहरुलाई चिकित्सकहरुलेऔषधी सहित उचित परामर्श दिइए र होम आईसोलेसनमा बस्न आग्रह गरेका छन् ।केहि दिन यता गोर्खाको विभिन्न गाँउपालिका नगरपालिकामा कोरोनाको प्रकोप बढेको पाईन्छ।

सबै भन्दा बढी गोरखाको बारपाक सुलिकोट गाँउपालिकाका वडान १ ,२ कोरोनाबाट प्रभावित भएको पाईएपछि गाँउपालिकाको समन्वयमा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, गोरखा जिल्ला अस्पताल र गाउँपालिकाको स्वास्थ्य शाखा सहितको संयुक्त टोली खटिएर एन्टिजेन परिक्षण गरिरहेको छ।