Gold
Bangad salyan

८ मन्त्री र २ राज्यमन्त्रीसहित मधेस आन्दोलनका मुद्दा खारेज गरे जसपा सरकारमा जाने

जेठ १७ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ। सरकारमा सहभागी हुने विषयमा जसपा पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटारमा भेट्न पुगेका थिए।

छलफलमा जसपाले आफुहरुलाई ८ मन्त्री र २ राज्यमन्त्रीसहिको दाबि गरेको जसपा नेता लक्ष्मणलाल कर्णले बताए। जसपामा भने अहिले विवाद चलिरहेको छ।

मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिईए सरकारमा सहभागीता हुने जसपाले सरकारसंग माग राखिसकेको छ।

महन्त ठाकुर समूह सरकारमा जाने सकेट गरेपछि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले ठाकुरसहितका नेतालाई स्पष्टीकरण सोधेको छ ।