Gold
Bangad salyan

गोरखा बारपाकमा बाल बालिकालाई माक्स अनिवार्य

जेठ १८, काठमान्डौ – गोरखा  – गोरखाको बारपाकमा अहिले सिङ्गो गाउँभरीनै कोरोना संक्रमणले प्रभावित बनेको देखिन्छ ।

कोरोनाबाट बच्न अहिले गाउँ गाउँमा पुगेर स्वास्थ्यकर्मीले परिक्षण र परामर्श सुरु गरेका छन ।

यस्तै कोरोनाबाट बच्न अहिले बारपाकमा साना साना बाल बालिकाहरुलाई पनि माक्स प्रयोग अनिवार्य गर्न लगाइएको छ ।

बुढा देखि बाच्चासम्म सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न र अनिवार्य माक्स लगाउन भनीएको हो ।

तेस्तै बारपाक सुलिकोट-४, सौरपानीको क्होलस्वारामा हिजो जेठ १७ गते गरिएको ४८ जनाको एन्टोजिन परिक्षणमा २७  जनामा कोरोना पोजेटिभ फेला परेको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य टोली गाउँमा नै गएर एन्टोजिन परिक्षण गर्दै आईरहेको छ ।