विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन
जेठ १८,काठमाडौं – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।
काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।
कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो ।
कोरोना संक्रमीत भैइ उपचार गराईरहेका उन्को सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

