उद्योगपति विनोद चौधरीको बियर प्लान्टमा लागेको आगो अझै नियन्त्रण हुन सकेन
जेठ् १९, काठमान्डौ – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
विधुत सर्टभैइ आज बिहान ९ बजे लागेको आगो अझै नियन्त्रणमामा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित ६ वटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।
जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्राम सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीको हो ।

