Gold
Bangad salyan

कर्णालीमा काङ्ग्रेसको सत्ता साझेदारी दुई मन्त्री सिफारिस

जेठ २१, सुर्खेत – नेपाली काङ्ग्रेसले कर्णाली प्रदेश सरकारसंग सत्ता साझेदारी गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवन बदादुर शाहीले सत्ता साझेदारीका लागि काङ्ग्रेका दुई मन्त्रीको नाम अघि सारेका छन ।

सुर्खेतका यज्ञ बहादुर बिसिलाई सामाजिक विकास मन्त्री र जुम्लाका दिनबन्धु श्रेष्ठलाई जल श्रोत तथा उर्जा विकास मन्त्रीमा सिफारिस गरिएको शाहीले बताए ।

२०७४ सालमा बनेको कर्णाली गठबन्धन सरकारलाई एमाले दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम तिर काङ्ग्रेसले सत्ता साझेदारी गरेपछी सरकार बचाईदिएको थियो ।