Gold
Bangad salyan

ठाकुर महतो तीन दिन बिराएर प्रधानमन्त्री भेट्न वालुवाटार तर हुँदैन पार

जेठ २१, काठमान्डौ – जसपाका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई हिजो अपराह्न पनि भेटे ।ओलीलाई भेट्न यो उनिहरुको दैनिकी जस्तो बनेको छ ।

प्रधानमन्त्री ओलिलाई संकट पर्दा साथ दिने महन्त र महतोको दैनिक वालुवाटार पुगेपनि कुनै पार लाग्ने देखिदैन । जसपा अहिले विभाजित बनेको छ ।

अध्यक्ष महन्त ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव एक अर्काले कारबाहीको सिफारिस अगाडि बढाएका छन । गत वर्षको पुष ५ गते संसद विघटनको विपक्षमा रहेका र सडक आन्दोलन गरेका महन्त महतोले भने अहिले ओलीले पुनः संसद विघटन गर्दा साथ दिएका छन ।

महन्त पक्षले केपि ओली सरकारलाई साथ दिने र आफुले ८ मन्त्रीको समेत दाबी गरेको छ । अहिले सो समूहले ओली समूहसंग मिलेर विभिन्न गतिविधि समेत सरेको देखिन्च ।

जसपाले उठाएका मुद्दा सम्बोधन , संविधान संसोधन जस्ताकुरा महन्त पक्षले अघि सारेको छ । केही दिन अगाडी मात्र ओली सरकारले रेशम चौधरी सहितको मुद्दा फिर्ता लिने भन्दै थरुहट आन्दोलन समितिसंग ६ बुदे सहमती पत्र गरेको छ ।

केपि ओली सरकार प्रतिगमन भएकै कारण आफ्नै पार्टीले साथ दिएको छैन । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल वरिष्ठ नेता झलनाथ खानाल पक्षको कित्ता क्लियर भैइसकेको छ ।

ओलीले गत बैशाख ७ गते मध्यरातमा पुन संसद विघटन गरेपछी विपक्ष पाँचदलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।जस्को सुनुवाइ निरन्तर चलिरहेको छ ।

तेति मात्र नभै बहुमत सांसद १४९ जनाले हस्ताक्षर सहित नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समेत सिफारिस गरेका छन ।

यस्तो संकटमा पनि ओली सरकारलाई केही समय टिकाउन जसपामा महन्त महोतोले चुरिफुरी गरेको देखिन्छ ।