Gold
Bangad salyan

राजेन्द्र महतोको देशभरमा पुत्ला दहन

जेठ २२, काठमान्डौ – नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेको छ ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

यस्तै राजेन्द्र महतोले देशद्रोहको अभिव्यक्ति दिएपछी देशभरमा पुत्ला दहन गर्दै देश निकालाको माग गरिएको छ ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएपछि आलोचित बनेका छन् ।

महतोले पदभार ग्रहण गर्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।