Gold
Bangad salyan

मेयर हस्त पुनद्वारा राउटे युवतिमाथी यौनजन्य क्रियाकलाप गर्नेलाई कडा कारबाहीको माग

जेठ २३ सुर्खेत – राउटे बस्तीका युवतिहरुमा यौनजन्य क्रियाकलाप भएको भिडियो सार्वजनिक भएलगतै गुर्भाकोट नगरपालिकाले ध्यानाकर्षण गरेको छ ।

नगरपालिकाका मेयर हस्त पुनले आज एक विज्ञयप्ती सार्वजनिक गर्दै उक्त राउटे बस्तीमा कुनैपनी तत्काल सो स्थानमा जान नहुने बताएका छन ।

मेयर पुन र उपमेयर मैना बिकले हस्ताक्षर गरेको विज्ञप्तीमा भनीएको छ ,पछिल्लो समय यस गुर्भाकोट नगरपालिका वडान ११ आप सोति जनैघाट  नजिक भेरी किनारामा बस्दै आईरहेका लोप्न्मुख राउटे बस्तीमा केहिदिन यता मानिसको आवत जावत चहलपहल बढेको हुँदा तत्काललाई सो बस्तीमा जान आउउन जोकोहिलाई रोक लगाईएको छ ।

यदि जान परेमा नगरपालिकाबाट अनुमती लिएरमात्र जान भनीएको छ । केही समययता राउटे बस्तीमा पुग्ने र टिकटक भिडियो डोकुमेन्ट्री आदि गराउनेहरुको भिड बढेको र राउटे युवतिहरुमाथी यौनजन्य क्रियाकलाप गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको पाईएपछी तत्काललाई उक्त बस्तीमा नगरपालीकाले रोक लगाएको मेयर हस्त पुनले रङ दर्पनलाई बताए ।

यस्तै राउटे युवतिको यौनजन्य भिडियो बनाई सार्वजनिक गर्ने होटल संचालक सहित तीन जनालाई पक्राउ गरिएकोको र यस्ता अप्राधिक कृयाकलपमा संलगनलाई कडा भन्दा कडा कार्बाहीको नगरपालिकाले माग गरेको छ ।