Gold
Bangad salyan

तरकारी पसलमा कोरोना लाग्दैन सरकार

जेठ २३, काठमान्डौ –  कालीमाटी तरकारी तथा फलफूल पसल केन्द्रमा तरकारी किन्नेहरुको भिड देखिने गरेको छ ।

कोरोनाको दोस्रो लहर चलिरहेकोबेला सरकारले उपत्यमा दैनिक कोरोना बढेकोबेला कालिमाटी तरकारि फलफूल पसलमा भने राती ३ बजे देेेेखि तरकारी किन्नेहरुको भिड देखिने गरेको हो ।

सरकारले उपत्यकामा बिहान ९ बजे सम्म खाद्यान्न पसल तरकारी पसल खोल्न पाउने बताएको छ । तर कालीमाटिमा भने कुनै सामाजिकदुरि कायम गरेको देखिदैन ।

यस्तो भिड भाडले झनै कोरोना फैलनसक्ने अनुमान गरिएको छ ।कोरोनाको दोस्रो लहर बढेपछि सरकारले उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा गरेको छ । बैशाख १६ गतेदेखि सरकारले निषेधाज्ञा गरेको थियो।