Gold
Bangad salyan

मलाई मत नदिनुपनि प्रतिगमन हो :मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

जेठ २७ ,काठमान्डौ – गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई मत नदिनेहरुपनि प्रतिगमन भएको बताएका छन्।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् गुरुङले संघ सरकारको प्रश्नलाई जोडेर प्रदेश सभापनि विभाजन गर्न खोजेको भन्दै सबै सांसदहरुलाई प्रश्न गरे।

संघ सरकारले प्रतिनिधिसभा भंग गर्यो भनेर हामीले अहिले प्रतिगमन भनेका छौ। तर हामीले प्रदेशमा के गरिरहेका छौ यो पनि हेर्नुभएको होला नि। हो यो पनि प्रतिगमननै हो।

लोकतन्त्र किन कमजोर किन भयो भनेनतिर कसैले नसोचेको र सबैले प्रतिनिधिसभा भंगनै लोकतन्त्र कमजोर भएको भन्ने ठान्नु गलत भएको गुरुङले बताए।काठमान्डौको वालुवाटारमा गरेको भाकल पुरा गर्न प्रदेश सभामा परिणाम निकाल्न खोजेको उनले आरोप लगाए।

बिहीबार प्रदेशसभामा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि प्रश्न उठाउदै मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान दिने बताएका छन्। अहिले मुख्यमन्त्री गुरुङले जवाफ दिईरहेका छन्। सांसदहरुले धारणा राखेपछि आधा घण्टा स्थगित भएको बैठक सुरु भएको हो।