Gold
Bangad salyan

प्रधानमन्त्रीको हत्या गर्ने योजना यसरी भयो पर्दाफास

काठमान्डौ – सांसद महेस बस्नेतले प्रधानमन्त्री केपि शर्मा ओलीलाई हत्या गर्ने योजना नेपाली काङ्ग्रेसले गरेको आरोप लगाएका छन ।

बस्नेतले आफ्नो सामाजिक संजालमा मार्फत यो कुरा खुलाएका हुन । प्रधानमन्त्री ओलीलाई काङ्ग्रेसले मार्ने योजना माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त भन्दै प्रश्न गरेका छन ?

गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेको पनि उनले बताए ।

उक्त व्याक्तीलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतितोध गर्न सक्छन बस्नेतले भनेका छन ।

त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन ।

मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार रहने बस्नेतको भनाई छ ।