दीपक मनाङ्गे अपराधी होईन्न उनलाई समाज र राज्यले त्यस्तो बनाएको हो :बाबुराम भट्टराई
जेठ ३० ,काठमान्डौ जनता समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजीव गुरुङ्ग दीपक मनाङ्गे जन्मजात अपराधी नभई समाज राज्यले अपराधी बनाएको टिप्पणी गरेका छन्।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दीपक मनाङ्गेलाई हिजो मन्त्री बनाएका छन्।
मनाङ्गे मन्त्री बनेपछि र आफूलाई भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएको भन्दै भट्टराईले मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज र राज्यलेनै मानिसलाई अपराधी बनाईदिने गरेको बताएका हुन्।
साथै वर्गीय,जातिय,लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत:अपराध अपराधी एक सापेक्ष अबधारणा हो उनको भनाई छ।
भट्टराईले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल बन्दीगृहकोबेलानै जेलमा बस्ने मान्छे कुर्सिमा बसेका र कुर्सिमा बसेकाहरु जेलमा बस्नुपर्ने बताएको जनाएका हुन्।
आफु त्योबेला प्रधानमन्त्री भएको र जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खॅड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको उनले बताएका छन् ।
रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने भन्दै भट्टराईले प्रश्न समेत गरेका छन्।
दीपक मनाङ्गेलाई गण्डकीमा मन्त्री बनाएको भन्दै सामाजिक सञ्जालभरि गुण्डा र अपराधीलाई मन्त्री बनाएको भन्दै विरोध सुरु भएको छ। यस्तैबेला भट्टराईले यस्तो बताएका हुन्।
गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई हिजो मन्त्रीमा नियुक्त गरेका थिए ।

