Gold
Bangad salyan

उपत्यकामा थप एक साता निषेधाज्ञा थप पुस्तक र हार्डवेयर पसल खुल्ने

जेठ ३० काठमान्डौ – उपत्यकामा थप एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय असार ७ गते सम्म निषेधाज्ञा थप गरेको हो।

निषेधाज्ञालाई भने केहि थप खुकुलो पारिएको छ। हाल सम्म बिजाना ९ बजे सम्म खिलाला गरिएका खाद्यान तरकारी पसलहरि अब ११ बजे सम्म खुल्लेने छन् भने ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

त्यस्तै अहिले शैक्षिक सत्रको समय भएको हुँदा पुस्तक पसलपनि खुल्ला गर्ने निरणय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

यस्तै देशभर अहिले कृषिको समयसुरु भएको हुँदा क्रिहकलाई मल बिउ बिजन खरिदमा सहजीकरण गर्ने निर्णय भएको छ। विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको पनि पराजुलीले बताए ।

सवारी साधनमा जोरबिजोर प्रणालीमा भने कुनै निर्णय भएको छैन। नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएपछि वैशाख १६ गतेबाट सरकारले गरेको निषेधाज्ञालाई निरन्तरता दिईरहेको छ।