Gold
Bangad salyan

पोखरामा सांसद र प्रहरीको विवादित भिडियो यस्तो छ

कास्की – पोखरामा प्रदेश सरकारले उत्पन्न गराएको तरंगमा यौटा चकित पार्ने भिडियो सार्वजनिक भयो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद गुमाए र नयाँ मुख्यमन्त्री नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली पोख्रेल सत्तामा आएका छन् ।

तर सांसदहरुले केही गोलमाल हुनसक्ने भन्दै कांग्रेस समर्थित सांसदहरु सहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्न गएका थिए ।

धर्ना कै क्रममा त्यहाँ सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र कांग्रेस सांसद मेखलाल श्रेष्ठ बिच केही विवाद भयो ।

सांसद श्रेष्ठले केपी सिस्टम छ, यति तानाशाह छ भन्दै प्रहरी इन्स्पेक्टरतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, तपाईंको हिसाबकिताब हुन्छ के।

उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टरले जवाफ दिन्छन हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु। त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठले फेरि भन्छन्, फुर्ती नछाटम् ।

फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि, छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, श्याम थापा मगर है।