निर्वाचन आयोग सरकारको कठपुतली बन्यो : नारायणकाजी श्रेष्ठ
असर १ ,काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन्। नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको दाबी गरेका हुन्।
निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ।संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।
नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो । नेता श्रेष्ठले तत्कालीन नेकपाको जस्तै निर्णय अहिले जसपामा दोहोरिएको भन्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
साथै ,राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने उनको भनाई छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकीहाल्नुपर्ने श्रेष्ठको सुझाव छ।

