Gold
Bangad salyan

मेलम्ची बजार पुरै डुबानमा ७ जनाको मृ,त्यु

काठमान्डौ – डुबानले सिन्धुपाल्चोकको मेलम्ची बजार पुरै डुबेको छ भने मानिसहरु बच्ने उपाए खोज्दै घरको छतमा बस्ने गरेका छन्। बाढीले चारैतिरैबाट घेरिसकेको छ। एक घरमा चार जना फसेको पाईएको छ।

उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । घरको छतमा मात्र चार जना देखिएका छन् तर के कति माइस छन् त्याँहा पुगेपछि थाहा हुन्छ उनले भने।

’पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी सात जनाको मृ,त्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पुष्टि गरेका छन् । सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीमा प्रोजेक्टमा काम गर्ने ८ जना चिनीया प्राविधिकहरू सम्पर्कबिहिन छन्।मेलम्ची खोलाको किनारमा रहेका सबै बस्ति र क्याम्पहरू बगाएको पाईएको छ।