Gold
Bangad salyan

नेता झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

असार २ काठमाडौं – पूर्वप्रधानमन्त्री नेकपा एमालेका नेता झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै छ। उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उन्लैई थप उपचारको लागि दिल्ली लैजान लागिएको हो।