Gold
Bangad salyan

काठमान्डौ उपत्यकामा थप ५०८ कोरोना संक्रमित थपिए

असार ४ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा थप ५ सय ८ कोरोना संक्रमित थपिएका छन्। गत २४ घन्टामा काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल सम्म काठमाडौंमा ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। आज देशभर २ हजार ७६८ संक्रमित थपिएका छन् भने ४ हजार २० जना निको भएर घर फर्केका छन्। त्यस्तै आज थप ४४ जनाको मृ,त्यु भएको छ।