Gold
Bangad salyan

राजेन्द्र महतोको नागरिकताको छानबिन गर्न अख्तियारमा उजुरी: देश निकालाको माग

असार ९ , काठमाडौ – राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ ।महतोको नागरिकता छानबिन गर्न अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले दर्ता गराएका छन ।

तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता तत्काल छानविन गर्न माग समेत गरेका हुन ।अख्तियारमा महतोको नागरिकता छानविनको उजुरी सी ०३५५९६ नम्बर दिई दर्ता भएको छ । महतो नेपाली नागरिक नभई भारतीय नागरिक भएको खुलिसकेको छ ।

महतोलाई केपि ओलीले उपप्रधानमन्त्री बनाउनसाथ भारतीय दालालको नेपालमा रजाई भनेर विरोध गरिएको थियो भने तत्काल देश निकालाको माग गरिएको थियो । उनको मन्त्री पद हिजो सर्वोच्च अदालतले चैट पार्दीसकेको छ ।