Gold
Bangad salyan

कोटा तोकेर आन्तरिक उडान खुल्ला

असार ८ ,काठमान्डौ – सरकारले कोटा तोकेर स्वास्थ्य मापदण्ड पालना गर्दै अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गन्तव्य र वायु सेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

आन्तरिक उडानतर्फ कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी काेटा तोकिएको छ । गन्तव्य र हवाई कम्पनीको कोटा नागरिक उड्डयन प्राधिकरणले तोक्नेछ । सरकारले आन्तरिक उडान खुला गरेसँगै दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ।

यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाण्डाै– दोहा रुटमा हप्तामा चार उडान हुनेछन् । काठमाण्डौ,इस्तानबुल र काठमाण्डौ–दुबई रुटमा पनि हप्तामा चार वटा उडान हुने सरकारले कोटा तोकेको हो ।