चरा पशुपंक्षिको आवाज निकालेर जीवन गुजारा गर्ने सन्तोषी सुब्बाको क्रुर हत्या:अनुहारको चिउँडोसम्मको भाग छैन
असार ९ ,काठमान्डौ – विभिन्न चरा तथा पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको दक्षिणकालीमा लगेर क्रुर ह,त्या गरिएको छ।
काठमाडौंको कालोपुलमा बस्दै आईरहेकी सन्तोषीलाई कसले दक्षिणकाली लगेर हत्या गर्यो भनेनगम्भीर विषय उठेको छ। करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीलाई बताएका थिए ।
धनबहादुर कालोपुलनजिक टहरो बनाएर बस्ने गरेका छन्। सन्तोषी सुब्बाको शव मंगलबार बिहान दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा भेटिएको थियो । सुनसान जंगलमा लगेर ह,त्या गरिनुमा चिनजान मान्छेबाट हुन सक्ने भन्दै प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ।
उनलाई सुरूमा घाँटीमा सलले कसिएको देखिएको छ , प्राण गएपछि ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको छ। अनुहार नचिनियोस् भनेरै त्यसरी क्षत-विक्षत पारेको देखिन्छ,निधारदेखि मुनि चिउँडोसम्मको कुनै भाग पनि नभएको घटना अन्सुअन्धन्म खटिएका एक प्रहरीले बताए। ,
बाहिर ह,त्या गरिएपछि घिसार्दै शौचालय भित्र लागेको देखिन्छ। घटना योजनावद्ध छ उनले भने। शव भेटिएको नजिक सन्तोषीका चपप्ल ,कानको टप फेला परेको छ भने कुच्चिएको चश्माको फ्रेम चुँडिएको माला ,माक्स फेला परेको छ।
यस्तै मोबाईलको ब्याट्री फेला परेको छ मोबाईल भने थिएन् ,सुब्बाले बोकेको झोला पनि भेटिएको छ त्यो झोलामा केही भिजिटिङ कार्ड छन् ,लिपिस्टिक, पाउडरलगायत मेकअपका धेरै सामग्री फेला परेको घटनास्थल पुगेका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।
त्यस्तै शव हेर्दा पेट ठुलो देखिएपछि गर्भवती छिन कि भनेर अनुमान गरेपनि शवको पोस्टमार्टम गरिसकेको छैन। फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टम रिपोर्टबाट गर्भबारे पत्ता लगाउने प्रहरीले जनाएको छ , मृतक सुब्बा अविवाहित हुन्।
दक्षिणकाली नगरपालिका ७ स्थित दक्षिणकाली मन्दिरपरिसरभित्र सानो बजार रहेको छ । निषेधाज्ञाका कारण अहिले बजार सुनसाननै छ। बजारनजिकै बसपार्क रहेको र त्यसको करिब २ सय मिटर पर यौटा खालि मैदान छ। मैदानमा स्कुटर सिक्ने मानिसहरू जाने गर्छन्।
मंगलबार दिउँसो पनि त्यहाँ स्कुटर सिक्नेहरू भेला भएको स्थानीय बताउछन। मैदानको मुनि नजिक रहेको जंगल छ ,जंगल क्षेत्रमा एउटा पुरानो शौचालय छ। मंगलबार बिहान च्याउ टिप्न गएका महिलाहहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
निषेधाज्ञाको बेला गाडी पनि नचलेको अवस्थामा त्यहाँसम्म कसले पुर्यायो र हत्या गर्यो भन्ने बारे प्रहरीले गम्भीर अनुसन्धान गरेको छ सन्तोषीले प्रयोग गर्ने सिमकार्ड पनि प्रहरीले पत्ता लगाईसकेको छ। उनको को को संग कुरा भयो भन्नेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यस्तै घटनास्थलमा प्रहरीले कुकुर पनि परिचलान गरेको छ।
अनुसन्धानमा खटिने प्रहरीहरूका अनुसार कुकुरले कुनै सामग्री सुँघेर त्यससँग घटना गराउने व्यक्ति हिँडेर गएको अन्तिम बिन्दुसम्म पुग्न सक्छ।कुकुरलाई मृतकले लगाएको ज्याकेट सुँघाएर छोडिएको थियो।
,यसबाट हत्या गरेर हिडेर गएको र पछि मात्र सवारी साधन चढेर गएको हुनसक्ने अनुमान छ। ‘कुकुर बसपार्कबाट अगाडि बढ्न सकेन महाशाखाका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक निशान थापाले भने।

