Gold
Bangad salyan

असार १७ देखि आन्तरिक उडान

असार ९ ,काठमान्डौ – असार १७ गते देखि नियमित अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुल्ला गरिएको छ। सोमबार मन्त्रिपरिषद्‌ले अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उडानको तालिकाको जिम्मा दिएको थियो। सोहि अनुसार पर्यटन सचिव यादव प्रसाद कोइरालाले बुधबार असार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् ।

कोरोना संक्रमणमा स्वस्थ्य मापदण्ड पालना गर्दै असार १७ गते ५० प्रतिशतमात्रै सञ्चालन गर्ने निर्णय भएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। वैशाख २० गतेदेखि बन्द रहेका आन्तरिक उडान ५९ औं दिनपछि सुचारु हुँदै छन्।