Gold
Bangad salyan

वाईसीएल नेपालद्वारा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई बर्खास्तको माग

असार १३,काठमाडौ – नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।

जातको आधारमा कोठा नपाएकी रुपा सुनारमाथि भएको विभेदलाई संघीय सरकारका मन्त्रीले संस्थागत गर्न खोजेको आरोप लगाउदै वाइसीएलले उनलाई बर्खास्त गर्न माग गरेको हो ।
वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र महासचिव सुवोधराज सेर्पालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘छुवाछुत तथा भेदभाव जस्तो जघन्य अपराधकर्मलाई ढाकछेप गर्ने मन्त्री श्रेष्ठलाई बर्खास्त गर्नुको सट्टा थप मन्त्रालयको जिम्मा दिएर सरकारले संविधानको धारा २४ को ठाडो अवज्ञा गरेको छ ।

संविधान र कानुनलाई पटकपटक उल्लङघन गर्दै आएको सरकारले छुवाछुत तथा भेदभावको श्रृङखला प्रष्ट हुँदाहुँदै पनि केहि नबोल्नुले समेत सरकारप्रति दलित समूदाय आश्चार्य चकित परेको छ ।

संविधानमा छुवाछुत तथा विभेदविरुद्धको हकलाई माैलिक हकको रुपमा व्याख्या गरिएपनि मन्त्री श्रेष्ठले उपेक्षा गर्दै घरबेटीलाई लिन सरकारी गाडी नै लिएर गएको घटनाले दलित समूदायको आत्मसम्मानमा चोट पुगेको वाइसीएलले जनाएको छ ।

यस्तै, कोठा दिने नदिने अधिकार घरबेटीको भएपनि जातका आधारमा कोठा दिन्न भन्नु अपराध भएको वाइसीएलले जनाएको छ । रुपाको पक्षमा भएका सबै आन्दोलनमा वाइसीएलले एक्यबद्धता समेत व्यक्त गरेको छ ।

बबहरमहलकि सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई तल्लो जात भन्दै कोठा भाडा दिन अस्विकार गरेकी थिइन ।

प्रधानविरुद्द सुपाले उजुर गरेपछी अदालतमा मुद्दा चलिरहेको थियो । तर मन्त्री कृष्ण गोपाल श्रेष्ठले प्रहरी चौकीमा पुगेर प्रधानलाई रिहा गर्दै आफ्नै गाडीमा राखेर लगेका थिए ।