धनगढीमा प्रगतिशील युवाले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्लादहन गरे
असार १३,धनगढी – धनगढीका प्रगतिशील युवाहरुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको हिजो पुत्ला दहन गरेको छ ।
रुपा सुनारले दिएको उजुरीको आधारमा जातीय विभेदविरुद्ध पक्राउ परेकी काठमाडौं बबरमहलकि सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले सत्ता शक्ति र पदको दुरुपयोग गर्दै प्रहरी कार्यलयमा पुगेर रिहाई गरेका थिए ।
जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन’ २०५८ को दफा-५ अन्तर्गतको मुद्दामा न्यायिक छानबिनका लागि प्रहरी थुनामा रहेकी प्रधानलाई रिहाई गर्नु ७० प्रतिशत दलितको अपहेलना र आत्मसम्मानमा चोट पुर्याएको भन्दै मन्त्री श्रेष्ठविरुद्द चौतर्फी आलोचना र विरोध भैइरहेको छ । यस्तै प्रगतिशिल युवाले उन्को बर्खास्तको माग गरेको छ ।

