Gold
Bangad salyan

आत्मसमर्पण गरेका प्रधानमन्त्री ओलीलाई उपधारा ५ मा जाने बाटो बन्द भैसक्यो : वरिष्ठ अधिवक्ता ज्ञवाली

असार १३ ,काठमान्डौ – संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि उपधारा (५) मा जाने बाटो बन्द भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताएका छन।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस गर्दै ज्ञवालीले धारा ७६ (३) बमोजिमको पिएमले विश्वासको मत लिन नसकेमा उपधारा ५ जान जान ‘भोटे ताल्चा’ लाग्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले डा. ज्ञवालीलाई उपधारा ४ अनुसार प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा नियुक्त हुन नसकेमा भन्ने शब्दले उपधारा ५ को विकल्प अन्तिम हुन सक्छ र भन्दै प्रश्न गरेका थिए।

केपी ओलीले आफ़ुलिई विश्वासको मत नाउने देखिएपछि मार्ग प्रसस्त गर्दै आत्मसमर्पण गरेपछि उपधारा (५) मा जाने उनको बाटो बन्द भएको ज्ञवालीले बताए। १ सय ४६ सांसदहरुको हस्ताक्षर लिएर जाने सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिका लागि संविधानले बाध्यकारी व्यवस्था गरेको ज्ञवालीले बताएका हुन् ।