गण्डकी प्रदेशमा मन्त्रीको बाँडफाड मिलेन मुख्यमन्त्रीलाई समस्या
असार १३ ,पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपालीलाई मन्त्रिपरिषद्को कार्यविभाजन गर्न कठिन र सास्ती भोग्नु परेको छ।
मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली काठमाडौं पुगेर पोखरा फर्किएपछि आइतबार अस्थायी रुपमा कार्यविभाजन गर्दा चार मन्त्रीमध्ये दुई जनालाई विना विभागीयमा यथावत राख्नु परेको हो। मुख्यमन्त्री नेपालीको सिफारिमा मन्त्रिपरिषद्मा रहेका चार मन्त्री मध्ये दुई जनालाई भने देश प्रमुख सीताकुमारी पौडेलले मन्त्रालय तोकेकी छन्।
प्रदेश प्रमुख पौडेलले कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई सामाजिक विकास र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।
आफूलाई मुख्यमन्त्रीबन्नमा साथ् दिएका राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यलाई पोखरेलले अथक प्रयासबाटपनि मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन्। मनाङे स्वतन्त्र प्रदेशसभा सदस्य हुन् भने भने
मनाङे र जनता समाजवादी पाटीबाट मन्त्री बनेका हरिशरण आचार्य विना विभागीय मन्त्रीको जिम्मेवारीमा यथावत रहेका हुन्। अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पोखरेल आफै राखेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली असार ४ ण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन्।


