Gold
Bangad salyan

सामाजिक कार्य गर्नेप्रति प्रहरी दमन भएपछि नायक पल शाहले आखिर किन भने यस्तो

काठमान्डौ – नायक पल शाहले हाम्रो टिम नेपालप्रती प्रहरीले गरेको दमनलाई अराजक भनेका छन ।

सामाजिक कार्यमा लागेका हाम्रो टिम नेपालमाथी प्रहरीको आक्रमन हुनु निकै दु:खद भएको नायक शाहले बताए ।

प्रहरीले सम्पुर्ण सामाग्री लगेको हुनाले तत्काल फिर्ता गर्न र सरकारको ध्यानाकर्षण हुन समेत शाहले चेतावनी दिए।

प्रहरीले चामल, सिरक, डसना,भाडाकुडा, मोबाइल, झोला, कपडा, पैसा बिलहरु, पानीका जार, ग्यास चुलो, आक्सिजनको सिलिन्डर सामान लगेकोले तत्काल फिर्ता गर्न उन्ले बताए ।

यस्तै पक्राउ परेका हाम्रो टिम नेपालका सबै परिवार फर्कीएकोमा नायक पल शाहले खुसी व्यक्त गरे ।

काठमान्डौ महानगरपालिका र प्रहरीले आज अनामनगरस्तिथ हाम्रो टिम नेपालले निशुल्क खाना खुवाउने टहरो भत्काएको थियो ।

पछिल्लो समय नायक पल शाह समाजिक कार्यमा जुटेका छन । कोरोनाको लहरमा विभिन्न अस्पतालमा अक्सिजनको कमि हुन नदिन उनले अक्सिजन सिलिन्डर वितरण गर्दै आईरहेका थिए ।

नायक शाह कर्णालीको विकट बस्ती कालिकोटमा पनि स्वास्थ्य  सामग्री लगेर पुगेका थिए । निषेधाज्ञाको बेलामा उनी राहत वितरण गर्दै महोत्तरीको मुशहर बस्तीमा पुगेका छन ।