लुम्बिनी प्रदेशमा गठबन्धनको सरकार बन्ने पक्का :यस्तो छ अंकगणित
वुटवल – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले फेरी अल्पमतमा परे संगै प्रदेशमा विपक्षि गठबन्धनको सरकार बन्ने भएको छ।
जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै मुख्यमन्त्री पोख्रेलको सरकार अल्पमतमा परेको हो ।
यो संगै अब नैतिकताको आधारमा तत्काल राजीनामा गर्न विपक्षि गठबन्धनले बताईसकेको छ। लुम्बिनी प्रदेशमा सरकार बनाउन विपक्षि गठबन्धन तयारि अवस्थामा रहेको छ।
लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो ।
तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।रकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ ।
लुम्बिनी प्रदेश सरकार नेतृत्वमा पाँच विपक्षि गठबन्धनका गरि ४२ जना संसाद छन्। लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४२ जना सांसद छन् ।
यो संख्याबाट कुनै एक सांसदले तल माथि गरे गठबन्धनको पनि सरकार बन्ने सम्भावना छैन। तर पाँच गठबन्धनले एक छिन मात्र नभई लामो समयसम साथ् रहने बताउदै आईरहेपछि सरकार बन्ने पक्का देखिएको हो।सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परे संगै प्रदेशमा विपक्षि गठबन्धनको सरकार बनाउने तयारिमा जुटेको छ।

