Gold
Bangad salyan

प्रदेश अस्पताल सुर्खेतमा आजदेखि सम्पूर्ण सेवा सुरु हुने

असार १९ ,सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज देखि सम्पूर्ण सेवा सुरु गरेको बताएको छ। कोभिड १९ को दोस्रो लहरपछि प्रदेश अस्पतालबाट इमरजेन्सी ,ओ पि डि ,अप्रेसनका सेवाहरु बाहेक अन्य सेवा बन्द गरिएको थियो।

अस्पतालका निर्देशक डम्बर खड्काले एक विज्ञप्ति मार्फत सूचना जानकारी गर्दै बन्द भएका सबै सेवा सुरु गरिएको बताए।कोरोनाका बिरामी अस्पतालमा बढिरहेको बेला सामान्य बिरामीहरुपनि अस्पतालमा भर्ना हुन आएपछि अस्पताले विज्ञप्ति निकालेर सम्बन्धित स्वास्थ्य कार्यालयमा उपचार गर्न आवाहन गरेको थियो।

May be an image of text