माछा मार्न लगाएको करेन्ट आफैलाई लागेर ज्यान गयो
असार २० ,झापा – माछा मार्न लगाएको करेन्ट आफैलाई लागेर युवाको ज्यान गएको छ। जिल्लाको माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न पुगेका थिए । उनले मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेको थियो।
गम्भिर घाइते भएका उनलाई उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए ।

