Gold
Bangad salyan

थप १,६०३ कोरोना संक्रमित फेला २७ को मृ,त्यु

असार २० ,काठमान्डौ – गत पछिल्लो २४ घन्टामा नेपालभरीबाट थप १६०३ कोरोना संक्रमित फेला परेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ४८७६ पीसीआर परिक्षण र ३२५६ जनाको एण्टिजेन विधिबाट उक्त संख्या फेला परेको हो।

यस्तै गत २४ घन्टामा थप २५५२ कोरोना संक्रमित निको भएर घर फर्केका छन्। पछिल्लो समयमा थप कोरोनाबाट २७ जनाको ज्यान गएको छ।मन्त्रालयका अनुसार हाल ७७ वटै जिल्लामा कोरोना संक्रमण छ भने ९ जिल्लामा झैँ ५ सय भन्दा माथि सक्रिय कोरोना संक्रमित रहेका छन्।

मन्त्रालयले विभिन्न जिल्लालाई कोरोनाको उच्च जोखिममा राखेको छ जसमा कर्णालीको सुर्खेत पनि उच्च जोखिममा रहेको पाईएको हो।