Gold
Bangad salyan

माधव नेपालले प्रधानमन्त्रीसंग भेट्न रुचि देखाउनु भएन : गृहमन्त्री विष्णु पौडेल

असार २० ,काठमान्डौ – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न रुचि नदेखाएको बताएका छन् ।

पौडेलसंगै सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल आइतबार बिहान नेता नेपाललाई भेट्न निवासमा पुगेका थिए । प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिएका पौडेलले आफूहरुले नेता नेपाललाई प्राधनमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग भेट्न आग्रह गरेको बताए ।

पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔं । हाम्रा बीच त्यस्ता समाधान नहुने कुनै त्यस्ता विषयपनि छैनन्। तपाई र पार्टी अध्यक्षबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौं। हामि पनि छाल्फालमा अलागी परेका छौ भनेर हामिले भन्यौ।

राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने उहाँले प्रधानमन्त्रीसँग भेट्न मान्नु भएन ठिकै छ, छलफल गर्दे जाऊँ भनेर हामी उठ्यौं ।