नेता कार्यकर्ता नछुटेको भन्दै विप्लव समूहको आपत्ति
असार २० ,काठमान्डौ – नेकपा (विप्लव) समूहले सरकारसंग गरेको सहमतिअनुसार आफ्ना नेता कार्यकर्ता नछुटेपछि असन्तुष्टि जनाएको छ ।
विप्लव नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गरेका हुन् ।
सरकारले विप्लव समूहमाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गर्दै शान्तिपूर्ण राजनीतिमा आउने आग्रह गरेपछि सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो। सहमतिपछि कारागारमा रहेका केहि नेता कार्यकर्ता छुतेपानी अझै थुप्रै बाँकी रहेको विप्लव समूहले जनाएको छ।

