टिकटकले पुर्यायो जेल होस् गर्नुहोस
असार २० ,धादिङ – टिकटकको मोहमा एक महिला जेल सम्म पुग्नु परेको छ। धादिङमा दुर्लभ वन्यजन्तु गोहाेरोको छाला काटेर टिकटक बनाउने महिलालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहाेरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेकी हुन् ।
अवैध वन्यजन्तुको सिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरि जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिएका दिए।
नेपालमा आज भोलि टिकटकको मोह महिला पुरुष दुवैमा अत्यधिक बढेको । यस्तै टिकटकबाट केटा केटि चाहियो भन्दै समेत केटिहरु लाईभ आऊने गरेको जानकारी पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
उनीहरुले लाईभमा उमेर अनुसारका केटिहरु मिलाईदिने बताउदै आईरहेका छन्।यस्तै विभिन्न जिल्लामा सुरक्षकर्मिले पोशाकमा टिकटक बनाएपछि पक्राउ गरि उनीहरुलाई कारबाही अगाडी बढाईएको छ।

