ईन्द्रेणी कार्यकम बन्द गर्न माग ,छत्र शाहीलाई तत्काल पक्राउ गर्न निर्देशन
असार २०,काठमान्डौ – ईन्द्रेणी कार्यक्रम बन्द गर्नुपर्ने माग उठेको छ। असार १५ गते धान दिवसक दिन ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेल कलाकार छत्र शाही र रेसलर अस्मिता जुरेलीलाई हिलो खेल्न आग्रह गरेका थिए।
हिलो खेल्दै गर्दा छत्र शाही र अस्मिता जुरेलीको तस्विर बाहिरिएपछि अहिले सामाजिक संजालमा विवाद उत्पनन भएको छ । उक्त तस्विर निकै भाईरल बनेको थियो। धान रोप्दै गर्दा अस्मिता जुरेलीलाई छत्रले हिलोमा गाडेका थिए।
त्यस्तै हिलो खेल्ने निहुमा अस्मितालाई छत्रले विभिन्न भागमा हात हालेको,लात्ती हानेको भन्दै अस्मिताका दाई नरनाथ गौतमले छत्रलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गरेका हुन्।

छत्र शाहीको नियत ठिक नभएको र उनले जो कोहि चेलीलाई हात लगाई हाल्ने गर्दै आईरहेको पनि गौतमले बताए। यस्तै ईन्द्रेणी कार्यक्रमले नेपालका विभिन्न ठाँउबाट बालबालिकालाई ल्याउने र शोषण गर्ने गरेको भन्दै यसमा तत्काल सरकारको ध्यान जानुपर्ने उनले बताए।
अस्मिता जुरेली रेसलर हुन् ,उनको तस्विरमा अहिले देश देखि विदेशबाट नराम्रा कमेन्ट संगै गालि गलौच आईरहेका छन्। यो सबै कृष्ण कंडेलले गर्दा भएको अस्मिताका दाजु नरनाथ गौतमले बताए। त्यस्तै उनले टेकुमा पुगेर मुद्दा हाल्ने समेत चेतावनी दिएका छन्।

