कर्णालीमा कोरोनाबाट ३३० जनाको मृ,त्यु ,सुर्खेत अझै उच्च जोखिममा
सुर्खेत – कर्णाली प्रदेशमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । आज धेरै संक्रमण पुष्टि हुने जिल्ला सल्यान र रुकुम पश्चिम रहेको छ।
यस्तै कर्णालीका विभिन्न जिल्लाबाट आज १२५ जनाले कोरोन जितेर घर फर्कीएका छन्। आज सुर्खेतमा कुनै कोरोना संक्रमित फेला परेका छैनन्।
स्वास्थ्य मन्त्रालयले भने सुर्खेतलाई कोरोनाको उच्च जोखिममा राखेको छ ,सुर्खेतमा अझैपनि ५ सय बढी सक्रिय कोरोना संक्रमित छन्। यस्तै कर्णालीमा हाल सम्म कोरोनाबाट ३३० जनाले ज्यान गुमाईसकेका छन्।
यस्तै कर्णालीका विभिन्न जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६३ रहेको छ । आज देशभरमा कूल कोरोना संक्रमितको संख्या १६०३ रहेको छ भने २७ जनाको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

