Gold
Bangad salyan

आजको कोरोना अपडेट थप २,६३४ संक्रमित फेला १५ को मृ,त्यु

असार २२ ,काठमान्डौ – गत पछिल्लो २४ घण्टामा थप २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घन्टामा १,५६५ जना कोरोनाबाट निको भएर घर गएका छन् ।

हाल सम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट १५ जनाको मृ,त्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको हो ।