Gold
Bangad salyan

सर्वोच्चको फैसला संविधान र लोकतन्त्रको जित: प्रचण्ड

असार २८ ,काठमान्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले दिएको फैसलाले संविधान र लोकतन्त्रको जित भएको बताएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि दाहालले यस्तो प्रतिक्रिया दिएका छन्।

पटक पटकको संसद विघट्न, पटकपटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो । त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु,’ दाहालले भने, ‘यो इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने छ र इतिहासले यसलाई सम्मान गर्ने छ ।

प्रचण्डले थप भने अदालतको फैसलालाई म स्वागत गर्छु। संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।न्यायलयको गरिमालाई पनि उचो बनाउनुभयो त्यसकालागि उँहाहरुलाई बधाई

यस्तै सर्वोच्चको फैसलापछि पाँच गठबन्धनको बैठक बस्ने तयारी रहेको पनि उनले बताए।बैठक बसेर गठबन्धनलाई नै सुद्धृढ गरेर लैजाने कोशिश भईरहेको पनि दाहालले बताए।