Gold
Bangad salyan

ओली कार्यकर्ताको चर्तिकला सर्वोच्चको फैसला मान्दैनौ भन्दै सडकमा

असार २८ ,काठमान्डौ – सर्वोच्च अदालतको फैसला नमान्ने भन्दै नेकपा एमालेको ओली समुहले प्रदर्शन गरेको ।सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे हाे ।

उनीहरूले सर्वोच्चले एकपक्षीय फैसला गरेको भन्दै सडकमा प्रदर्शन गरिरहेका छन्। सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका थिए।