केपि ओलीले भोलि दुई बजे वालुवाटार छोड्ने अहिले सामान प्याकिङ हुँदै
काठमान्डौ – प्रधानमन्त्री केपि शर्मा ओलीले भोलि दुई बजेनै वालुवाटर छोड्ने श्रोतले जनाएको छ ।
श्रोतका अनुसार अहिले केपि ओलीको सामान प्याकिङ भैइरहेको छ ।ओलि आफ्नै निवास बालकोटमा रहने छन।
भोलि प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्ने छन ।
राष्ट्रपति कार्यालयको प्रशासनले देउवा निवास बूढानीलकण्ठमा भोलि साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ ।
जेठ् ७ गते सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले आज पुनःस्थापन गर्दै भोलि ५ बजे भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिईसकेको छ ।

