प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शितलनिवासमा
काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् ।
स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।
सोमबार सर्वोच्च अदालतले भोलि मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् ।
प्रधानमन्त्रीले आजै राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने सम्भावनासमेत रहेको छ ।

