Gold
Bangad salyan

विष्णु पौडेल र सुवास नेम्वाङ नेपाल निवासमा

असार २९ ,काठमान्डौ – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वरमा पुगेका छन्।

एमाले भित्रको विवाद मिलाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल गर्न उनीहरू नेपाल निवास कोटेश्वर पुगेका हुन् । एमाले अध्यक्ष केपी ओलीको तर्फबाट नेम्वाङ कार्यदलका संयोजक थिए भने विष्णु पौडेल सदस्य थिए।

यस अघिनै वरिष्ठ नेता माधव नेपालका तर्फबाट कार्यदल संयोजक भीम रावलले सोमबार ओलीलाई कार्यदलको प्रतिवेदन बुझाएका थिए। कार्यददले आइतबार एमाले एकताबारे १० बुँदे प्रस्ताव तयार पारेको थियो।१० बुँदे प्रस्तावमा पनि नेता नेपालले असन्तुस्ट जनाईसकेका छन्।