Gold
Bangad salyan

माओवादीबाट को कसलाई मन्त्री बनाउने जिम्मा प्रचण्डलाई

असार २९ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने र मन्त्रालयको जिम्मा सरकारमा पठाउने अधिकारि प्रचण्डलाई दिईएको श्रोतले जनाएको हो।

यस्तै पहिले कांग्रेस सभापति देउवासंग छलफल गरेपछि मात्र टुंगो लाग्ने पनि नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजि श्रेष्ठले बताए।सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोहि आदेश अनुसार देउवाले आज सपथ ग्रहण गर्दैछन्।