Gold
Bangad salyan

नवनियुक्त प्रधानमन्त्री देउवाले गरे शपथ ग्रहण

काठमान्डौ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो।सोहि बमोजिम देउवाले सपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजानिक गरेको विज्ञप्तिमा संविधानको धारा उलेल्खनै नगरी प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिएपछि उनले सपथ नलिने अडान राखेका थिए। ६ बजे भनिएको सपथ विज्ञप्ति सच्चिएर आएपछि ८ : २५ मा देउवाले शितल निवासमा सपथ लिएका हुन्।

यस्तै देउवाको सपथ ग्रहणपछि नवनियुक्त मन्त्रीहरुले पनि सपथ ग्रहण गरेका छन्। सपथ ग्रहण पछि सामाजिक दुरी कायम गर्दै देउवालाई सबैले कार्यकालको सुभकामना ब्यक्त गरेका छन्।