जसपाले सरकारमा आज मन्त्री सिफारिस नगर्ने
असार २९ ,काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा)ले आज सरकारमा सहभागी नहुने बताएको छ। मंगलबार बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे निर्णय लिएको छैन।
पार्टी आधिकारिकताको विषय निर्वाचन आयोगमा साउन ३ गते पेसी छ । त्यसलाई मध्यनगर गरेर तत्काललाई सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताए।
आफूहरुले कानुनि सल्हालिने र कुनै समस्या देखिने जस्तो भए ३ गते अगाडी सरकारमा सहभागी नहुने निर्णय गरेको पनि उनले बताए। हिजो सोमबार सर्वोच्च अदालतको परमादेशबमोजिम नेपालि कांग्रेसक शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त भएक छन्।
देउवाले अहिलेसपथ भने लिएका छैनन्। राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई अस्विकार गरेका हुन्।

