विप्लवको राजनीतिक भेटघाट तिब्र आज बाबुराम संग छलफल
साउन १ काठमान्डौ – नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज विहान जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
भूमिगत जीवनबाट खुल्ला भएपछि नेपाल कम्युनिस्ट विप्लवले पहिलोटक बाबुरामलाई भेटेका हुन् । विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर भट्टराईनिवास टोखा पुगेका हुन।
भेटमा उनले संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएको बुझिएको छ ।भट्टराईसँग उनकी पत्नी हिसिला यमी र जसपाका नेता विश्वदीप पाण्डे पनि थिए ।
यसअघि विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेका छन् । पछिल्लो समय विप्लवले राजनीतिक भेटघाटलाई तिब्र पारेका छन ।

