सङ्घीय संसद्को अधिवेशन आजबाट शुरु
असार ३ काठमान्डौ – सर्वोच्च अदालतको परमादेशसंगै सङ्घीय संसद्को अधिवेशन आजबाट शुरु हुँदैछ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छिन।
संसद पुनस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त घोषणा पछि यो अधिवेशनबाट प्रधानमन्त्री देउवाले विश्वासको मत लिने छन ।
गत असार ७ गते मध्यरातमा निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवि भण्डारीले संसद विघटन गरेकी थिइन ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै पुन:स्थापना गर्दै आजदेखी सुचारु गरेको हो । जन्ताको संसद भंग गरेको राष्ट्रपति भण्डारीले आज त्यही संसदम अधिवेशन आवहान गरेकी हुन।
अघिल्लो वर्ष असार १८ गते स्थगित भएको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) एक वर्षपछि संयुक्तरूपमा आह्वान भएको छ ।

