दश महिनापछि रेलको घुम्टो खोलेर स्पीड परिक्षण गरिने
साउन ३ जनकपुर – जनकपुर – जननगर रेल्वे ट्र्याकमा आज रेलको परिक्षण गर्न लागीएको छ ।
सरकारले भारतबाट रेल खरिद गरेर ल्याएको १० महिनापछि आज रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने तयारी गरेको हो ।
जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्र्याक खाली गर्न लगाईएको र नजिकका ट्र्या बस्तीमा माइकिङ समेत गरिएको पनि भट्टराईले बताए ।

