मोटरसाइकलमाथि बसेको अवस्थामा पुरुषको शव फेला
साउन ५ ,काठमान्डौ – साउन ५ ,विराटनगर – विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक पुरुषको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका ,५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको अवस्थामा शव भेटिएको हो ।
को ४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर,५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।
हत्यापछि उनको शव अन्यत्रबाट ल्याएर मोटरसाईकलमा राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उनको शरीरमा चोटपटक देखिएको छ ,पाईन्ट च्यातिएको छ भने दाहिने हातमा चोट लागेको पाईएको हो।

